'आईएमई पे' अफर : अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत 'क्यासब्याक' र पुरस्कार जित्ने माैका

 चैत १८, २०८० आइतबार १८:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकलाई लक्षित गरी 'जेट सेट रिवार्ड' नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आईएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत 'क्यासब्याक' का साथै अन्य पुरस्कार पनि जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

यही चैत ६ गतेदेखि जेठ मसान्तसम्म तीन महिनाका लागि चल्ने याे अफरका तीन जना विजेताको नाम 'आईएमई पे' को सामाजिक सञ्जालमा सार्वजनिक हुनेछ । यसमा पहिलो विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत 'क्यासब्याक' पाउनेछन् । दोस्रो विजेताले 'द लेकसाइड रिट्रिट'- पोखराको प्याकेज जित्न सक्ने तेस्राे विजेताले 'चन्द्रागिरि हिल्स रिजोर्ट' को 'प्याकेज' जित्ने मौका पाउने 'आईएमई पे' ले जनाएकाे छ ।

यसका साथै 'आईएमई पे' मार्फत टिकट खरिद गर्ने ग्राहकले हरेक हवाई टिकटमा उच्चतम 'रिवार्ड पोइन्ट' पनि प्राप्त गर्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया