आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई हरायो

 चैत १९, २०८० सोमबार ७:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ  -  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आइतवार भएको खेलमा घरेलु टोली गुजरातले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १९ ओभरमा १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।  

हैदराबादका अभिषेक शर्मा र अब्दुल समादले २९-२९ रन बनाए । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया