पछिल्लो २४ घण्टामा आगलागी र डढेलोमा परी दुई जनाको ज्यान गयो

 चैत २७, २०८० मंगलबार ९:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – पछिल्लो २४ घण्टामा आगलागी र डढेलोमा परी दुई जनाको ज्यान गएको छ । डोल्पामा डढेलो निभाउन गएका एक सैनिक र धनकुटामा आगोमा जलेर एक बालकको ज्यान गएको हो ।

डोल्पाको मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका देवीदत्त गुल्म ‘क’ मा कार्यरत सिपाही हेमन्त रावलको उपचारका क्रममा दुनै अस्पतालमा ज्यान गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । डढेलोमा परी गम्भीर घाइते जमदार केशर बहादुर मगरको दुनै जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

त्यस्तै डढेलोमा परी घाइते प्युठ विजय कोइराला र आशीष बुढालाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाण्डौ पठाइएको छ । डोल्पाको विभिन्न सामुदायिक वनमा केही दिनदेखि डढेलो लागेको छ ।

त्यस्तै धनकुटा नगरपालिका–३ कागतेका विनोद श्रेष्ठका तीन वर्षीय छोरा विवेक श्रेष्ठको बारीमा रहेको घुर जलाउनेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको न्युरो अस्पताल विराटनगरमा उपचारपछि काठमाण्डौ रिफर गरिएकोमा बाटोमा नै ज्यान गएको हो ।

आगोमा परी घाइते भएका राजु श्रेष्ठका १० वर्षका छोरा रोशन श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया