ओमानमा मौसमसँग सम्बन्धित घटनामा नाै विद्यार्थीसहित १२ जनाकाे ज्यान गयाे

 बैशाख ३, २०८१ सोमबार १५:२४:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ओमानमा मौसमसँग सम्बन्धित घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । ओमानको समाचार एजेन्सीले माैसमसँग सम्बन्धित घटनामा १२ जनाको ज्यान गएको र केही हराइरहेका उल्लेख गरेको छ ।

ओमानको राष्ट्रिय आपत्कालीन व्यवस्थापन समितिको खोज तथा उद्धार केन्द्रले हराइरहेकाहरूको खोजी भइरहेको बताएको छ । शर्कियाहको गभर्नरेटमा हराएका पाँच जना नागरिकको खोजी र उद्धार प्रयास जारी रहेको खबरमा उल्लेख छ ।

ज्यान गुमाउनेमा नाै जना विद्यार्थी र एक जना विदेशी नागरिकसमेत रहेका छन् । ओमानमा भइरहेको वर्षाले ठाउँ ठाउँमा अचानक बाढी आइरहेको छ । केही ठाउँमा पहिरो पनि गइरहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया