परीक्षा दिएर फर्कँदै गरेका विद्यार्थीको गाडीबाट खसेर ज्यान गयो

 बैशाख ३, २०८१ सोमबार १८:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

स्याङ्जा – स्याङ्जाको वालिङमा गाडीको ढोकाबाट खसेर आज साेमवार एक जना विद्यार्थीको ज्यान गएको छ ।

बसबाट खसेर सर्लाहीको मलङ्गवा नगरपालिका घर भएका २० वर्षीय अमित शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका–१३ मा रहेको भूपू सैनिक माविमा सीटीईभीटी इलेक्ट्रिक इन्जिनियरिङ विषयको परीक्षा दिएर फर्कँदै गर्दा शाह लु १ ख ६८९७ नम्बरको गाडीबाट खसेका प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया