आईपीएल क्रिकेटमा हैदराबादले बनायो अहिलेसम्मकै धेरै रन, बेङ्गलुरु २५ रनले पराजित

 बैशाख ४, २०८१ मंगलबार ६:३३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ ।

गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । बेङ्गलुरुका दिनेश कार्तिकले ८३, कप्तान फाफ डु प्लेसिसले ६२, विराट काेहलीले ४२ रन बनाए । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट लिए ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो । हैदराबादका ट्राभिस हेडले १ सय २, हेनरिच क्लासेनले ६७ रन बनाए ।

जितसँगै चौथाे स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अङ्क रहेको छ । एक खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कका साथ पुछारमा छ । आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो ।

आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे कोलकता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया