इरानले इजरायलमा गरेको आक्रमणपछिको मध्यपूर्वको अवस्थाबारे अमेरिका र इराकबीच छलफल

 बैशाख ४, २०८१ मंगलबार ९:१२:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मध्य–पूर्वको सुरक्षालाई लिएर इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग छलफल गर्नुभएको छ । इरानले गएको शनिवार इजरायलमाथि गरेको आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री र इराकका उपप्रधानमन्त्रीबीच छलफल भएको बीबीसीले जनाएको छ ।

विदेशमन्त्री ब्लिन्कनले उपप्रधानमन्त्री तमिमसँग अमेरिकाले इरानसँग तनाव बढाउन नचाहेको तर इजरालयको पक्षमा रहेको बताउनुभएको खबरमा उल्लेख छ । तमिमले आफ्नो सरकारको तर्फबाट मध्य–पूर्व क्षेत्रलाई युद्धतर्फ धकेल्ने र अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खतरा देखिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

इरानले शनिवार राति इजरायलमाथि झन्डै तीन सय वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले भने इरानले प्रहार गरेको झन्डै ९९ प्रतिशत ड्रोन र क्षेप्यास्त्र विफल बनाएको दाबी गरेको छ ।

गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया