आज चैते दशैँ मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

 बैशाख ४, २०८१ मंगलबार ९:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ कालिका मन्दिर, तस्बिर : रासस

काठमाण्डाै – आज मङ्गलवार चैते दशैँ पर्व मनाइँदैछ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

वर्षमा चार वटा नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।

आज देशभरका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । काठमाण्डौ उपत्यकाका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हनुमानढोकामा आज विशेष पूजा गरिन्छ ।

यस्तै भोलि बुधवार नवमीको दिन श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमी मनाउने गरिन्छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । चैते दशैँको अवसरमा आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया