वीरगञ्ज महानगरले नौ महिनामा ३६ करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्‍याे

 बैशाख ४, २०८१ मंगलबार १५:१:४ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

पर्सा – वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

महानगरकाअनुसार चालु आर्थिक वर्षमा सम्पत्ति कर शीर्षकमा सबैभन्दा धेरै १२ करोड ७० लाख ४३ हजार सात सय ८२ रुपैयाँ सङ्कलन भएको छ । महानगरले दोस्रो धेरै घरबहाल करबाट चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रुपैयाँ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

वीरगञ्ज महानगरपालिकाकाे राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गएकाे आर्थिक वर्षकाे नौ महिनाको तुलनामा चालु आर्थिक वर्षमा दुई करोड ९५ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको बताउनुभयो ।

गएकाे वर्षकाे नौ महिनाकाे तुलनामा यो आर्थिक वर्षमा राजस्व सङ्कलनमा सुधार देखिएको छ । गएकाे आर्थिक वर्षकाे नौ महिनामा भने ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

वीरगञ्ज महानगरले गएकाे आर्थिक वर्षमा ५७ करोड एक लाख ७३ हजार दुई सय एक रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया