नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता

 बैशाख ४, २०८१ मंगलबार १८:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।  आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ए को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अङ्क छ । ४ खेल खेलको कतारको ४ अङ्क र ३ खेल खेलेका साउदी अरेबिया, मलेसियाको र हङकङको २–२ अङ्क छ ।

अन्तिम खेलमा नेपाल पराजित भए पनि नेपालको ६ अङ्क कायम रहनेछ । नेपालले भोलि साउदी अरेबियासँग खेल्दैछ । यो प्रतियोगिताको विजेता टोलीले एसियाकप खेल्न पाउनेछ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया