आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै क्यामरुनको दाउफिन्स क्लब सेमिफाइनलमा

 फागुन १४, २०७५ मंगलबार १८:५८:५४ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा चलिरहेको १७ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फेमिली क्लब क्यामरुन सेमिफाइनल प्रवेश गरेको छ । 

नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । दाउफिन्सको लागि खेलको ३७ औँ मिनेटमा वियिक वियिक आन्द्रे थियरीले गोल गर्दै टिमलाई १–० गोलले अग्रता बनाएको थियो । 

दाउफिन्सको अग्रता  ९० मिनेटसम्म कायम नै रहेको थियो तर खेलमा थप गरिएको ४ मिनेटको तेश्रो मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए । 

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०-१० मिनेट थप गरी खेलाइएको खेलको पहिलो हाफको ५ औँ मिनेटमा नै नेदेम्वा ओवनाले गोल गरी खेल २–१ को स्थितिमा पुर्‍याएका थिए ।  त्यसपछि बाँकी समयमा पुलिसले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल २–१ ले दाउफिन्सलाई सुम्पिएको हो । 

दाउफिन्स फेमिली क्लबका वियिक वियिक आन्द्रे थियरी म्यान अफ् द म्याच भएका छन् । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे । 

बुधबार पहिलो सेमिफाइनल खेल थ्रीस्टार क्लब र एपीएफ क्लबबीच दिउँसो २.३० बजे पोखरा रंगशालामा हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया