पोखराको २ ठाँउमा भेटिएको शंकास्पद बस्तु डिस्पोज

 फागुन ३०, २०७५ बिहिबार ११:५३:४१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा पोखरामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ  । 

पोखराको सभागृह चोक र पोखराको भण्डारढिकमा शंकास्पद बस्तु फेला परेको हो । दुवै तर्फको सकेट शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सरकारले प्रतिबन्ध लगानु अगाडि नै सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लवको पार्टी नेपाल बन्दको आह्वान गरिएको थियो ।

बन्दका कारण पोखराको मुख्य बजार, उद्योग, कलकारखाना, शैक्षिक सस्था बन्द छन् । लामो तथा छोटो दूरीका यातायात सञ्चालन भएका छैनन् भने केही मात्रामा मुख्य बजारमा निजी यातायात सञ्चालन भएका छन् ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया