कपिलवस्तुमा आगलागी : १६ घरगोठ जलेर नष्ट,  लाखौँको क्षति

 चैत ८, २०७५ शुक्रबार १८:११:३१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पैकी वण्डामा शुक्रबार दिउँसो भएको आगलागीका कारण १६ घ गोठ जलेर नष्ट भएको छ ।

स्थानीय बुधई कुर्मीको गोठबाट सुरु भएको आगलागीबाट वरपरका अन्य ११ घर र ५ गोठसमेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट झण्डै ५४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो । 

आगलागी नियन्त्रण गर्ने क्रममा स्थानीय ४० वर्षीय सनिउल्लाह मुसलमान जलेर सामान्य घाइते  भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट एउटा गाई जलेर मरेको  छ भने दुइटा गोरु घाइते भएका छन् । आगलागीलगत्तै कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको २ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा २ घण्टा पछि आगो निभाइएको प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया