‘इरानी मेस्सी’ ले किन लिए २३ वर्षको उमेरमै सन्यास ?

 असार १५, २०७५ शुक्रबार १४:५८:२७ | उज्यालो सहकर्मी

इरानी स्ट्राइकर सरदार अजमौनले २३ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनले आफूले आमा बिरामी भएका कारण सन्यास लिएको बताएका छन् । आफूलाई मानिसहरुले खिसिट्युरी गरेका कारण आमा गम्भीर बिरामी हुन पुगेको अजमौनले बताएका छन् ।

अजमौन ‘इरानी मेस्सी’ का नामले पनि परिचित छन् । उनले ३३ खेलमा इरानका लागि २३ गोल गरेका छन् । तर उनले रुस विश्वकपमा भने गोल गर्न सकेनन् । समूह बीमा रहेको इरानले मोरक्कोलाई एक–शून्यले हराएको थियो । स्पेनसँग भने उ एक–शून्यले नै हार्न पुगेको थियो । तर क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगलसँग भने इरानले एक–एकको बराबरी खेल्दै सबैको मन जित्न सफल भयो । 

विश्वकप २०१८ मा इरानका लागि अजमौनले केही गर्लान् भन्ने आशा सबैले गरेका थिए ।  अजमौनले आफूले सन्यास लिने घोषणा गर्नुपर्दा निकै दुःख लागेको बताएका छन् । 

अजमौनले विश्वकपको छनौट खेलमा ११ गोल गरेका थिए । उनी विश्वकपको समूह चरणका तीनै खेलमा ९० मिनेटसम्म मैदानमै थिए । तर आफूलाई गरिएको आलोचनाले आमा बिरामी भएको अजमौनले बताएका छन् । ‘मेरी आमा गम्भीर प्रकृतिको रोगबाट निको हुँदै हुनुहुन्थ्यो’ रुसको रुबिन कजान क्लबाट व्यावसायिक फुटबल खेल्ने अनमौन भन्छन्, ‘तर दुर्भाग्यवश केही अनुदार मान्छेले मलाई र टिमलाई गरेको व्यवहारका कारण आमाको रोग झनै बढ्दै गएको छ ।’ उनलाई सामाजिक सञ्जालमा अश्लील सन्देशहरु पनि पठाइएको छ ।

निको भैसकेकी आमाको रोग बल्झिएकाले आफूले अब अपमान सहन नसक्ने बताउँदै उनले फुटबल र आमालाई रोज्नुपर्दा आमा नै रोजेको बताएका छन् । 

१९ वर्षको उमेरमा नै इरानका लागि डेब्यू गरेका अजमौन देशका लागि धेरै गोल गर्नेमा पाँचौ स्थानमा पर्दछन् । उनलाई इरानी लिजेण्ड खेलाडी अली देईसँग तुलना गर्ने गरिन्छ । देईले १४९ खेलमा इरानका लागि १०९ गोल गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया