लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गरिने प्रधानमन्त्री ओलीकाे भनाइ

 जेठ ४, २०७६ शनिबार १९:५०:१२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउँदै, संसारभरका बौद्धमार्गीहरुबीच लुम्बिनीको महिमा बाँड्दै विश्व शान्ति शहरको रुपमा विकास गरिने बताउनु भयो ।

राष्ट्पति विद्यादेवी भण्डारीबाट शनिबार २५६३ औं बुद्ध जयन्तीको अवसर पारेर घोषणा गर्नुभएको लुम्बिनी भ्रमण वर्षको शुभारम्भ घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको शान्तिको सन्देशलाई अँगाल्दै मुलुकका हरेक विषय र मुद्धाकाे शान्तिपूर्ण ढंगबाट समाधानको बाटो खोज्ने प्रण गर्नुभयो ।

शाक्यमुनी बुद्धले दिनुभएको सन्देश कुनै एक विशेष धर्म समुदायको लागि मात्र नभइ समग्र मानव कल्याणका लागि भएको हुँदा संसारभरका बौद्धमार्गीहरुका साथै शान्ति र अहिंसा चाहने अन्य सम्प्रदायका मानिसहरुका लागि पनि लुम्बिनी उपयुक्त गन्तव्य रहेको उहाँले बताउनु भयो । 

बुद्ध जन्मस्थल लुम्बिनी, २९ वर्ष बिताएको कपिलवस्तु, रामग्राम र देवदहको समग्र विकासका लागि सरकारको विशेष चासो रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो । संयुक्त राष्ट्रसंघले बुद्ध जयन्तीलाई वैशाख डेको रुपमा मनाउने गरेको स्मरण गर्दै यो दिनलाई संसारभरका शान्तिकामीहरुका लागि पवित्र दिनको रुपमा स्मरण गर्न सरकारले देश विदेशमा विशेष प्रचार प्रसार अभियानलाई अघि बढाउने बताउनु भयो ।

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले बिहान लुम्बिनीमा भिक्षुहरुलाई चिवर दान र भोजन प्रदान गर्नुभएको थियो ।

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल लुम्विनी भ्रमण वर्ष २०७६ सार्थक हुने र यसको प्रचार प्रसारमा विशेष जोड दिने बताउनु भयो । भ्रमण वर्षको अवसरमा २५ लाख पर्यटकहरुलाई लुम्बिनी भित्र्याउने लक्ष्य रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया