बोरिस जोनसोन बेलायतको भावी प्रधानमन्त्रीका लागि 'उत्तम' विकल्प: अमेरिकी राष्ट्रपति ट्रम्प

 जेठ १८, २०७६ शनिबार १७:०:२ | एजेन्सी
unn.prixa.net

बेलायती प्रधानमन्त्री टेरिजा मेले राजीनामाको घोषणा गरेसँगै भावी प्रधानमन्त्रीका लागि सम्भावित पाँचजनाको नाम अगाडि आएको छ । 

अहिलेसम्म १२ जनाभन्दा बढी सांसदहरुले भावी प्रधानमन्त्रीको पदका लागि उम्मेदवारी दिने सम्भावना जनाएका छन् । प्रधानमन्त्री मेको राजीनामा घोषणाले बेलायती राजनीतिमा हलचल बढेको छ । 

१२ जना मध्ये सम्भावित पाँच जनाको नाम भने चर्चामा छ । ती पाँच नामहरुमा विदेश मन्त्री जेरेमी हन्ट, पूर्व विदेश मन्त्री बोरिस जोनसोन, स्वास्थ्य मन्त्री म्याट ह्यान्कक, रोरी स्टुअर्ट र एस्टर मैक्वे रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बेलायती राजनीतिको बारेमा आफ्नो धारणा राखेका छन् । राष्ट्रपति ट्रम्पले कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसोनलाई देशको अगामी प्रधानमन्त्रीका रुपमा देख्न चाहेको बताएका छन् । 

पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले बोरिस जोनसोन निकै प्रतिभाशाली व्यक्ति भएको बताएका छन् । ‘जोनसोन प्रधानमन्त्रीका रुपमा राम्रोसँग काम गर्न सक्छन्,’ ट्रम्पले भने । 

ट्रम्प भन्छन्, ‘मैले यसका बारेमा निकै गहनरुपमा सोचेको छु । मैले सबै खेलाडीहरुलाई चिनेको छ । तर मेरो विचारमा बोरिस जोनसोन नै राम्रो काम गर्न सक्छन् ।’ तर राष्ट्रपटि ट्रम्पले अन्य उम्मेदारवाई पनि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । 

आगामी हप्ता राष्ट्रपति ट्रम्प बेलायत भ्रमणममा जाँदै छन् । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया