अदालतले छोड्न आदेश दिने बित्तिकै फेरि पक्राउ परे विप्लवका कार्यकर्ता

 जेठ ३१, २०७६ शुक्रबार ८:२४:२८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता उच्च अदालत पोखराबाट पुनः पक्राउ परेका छन् ।

गएको शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका १८ जनामध्ये ९ जनालाई उच्च अदालत पोखराले बिहीबार छोड्न आदेश दिएको थियो । थुनामुक्त गर्ने आदेश दिएको केही समयमा नै अदालत परिसरबाटै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको हो ।

आरोपीका आफन्तले गैरकानुनी रुपमा पक्राउ गरेर थुनेको भन्दै बन्दी प्रत्यक्षीकरणको उच्च अदालत, पोखरामा रिट हालेका थिए । रिटमाथि बहस गरेपछि अदालतले उनीहरुलाई उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहीबार नै थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रहरीले उनीहरुलाई थुनामुक्त हुनेबित्तिकै पुनः अदालत परिसरबाटै गरेको हो । पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् ।

शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया