विश्वकप क्रिकेट : अपराजित भारतविरुद्ध जितविहीन अफगानिस्तान

 असार ७, २०७६ शनिबार ८:७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ । 

यस खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि ह्याम्प्सायर  मैदानमा सुरु हुनेछ । शनिबार साउथह्याम्प्टनमा वर्षाको सम्भावना छैन । दिनभर घाम लाग्नेछ । यस मैदानमा अहिलेसम्म दोस्रो ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ ।

भारतले विश्वकपमा अहिलेसम्म उच्च प्रदर्शन गरेको छ ।अफगानिस्तानको विपरित भारत प्रतियोगितामा अपराजित छ । उसका उच्चक्रमका ब्याट्सम्यानले निरन्तर एकरुपको प्रदर्शन गरिरहेका छन् । बलिङ र फिल्डिङमा पनि भारतको प्रदर्शन उत्कृष्ट छ । आफ्ना मुख्य खेलाडीको चोटले भारतीय व्यवस्थापन चिन्तित भने रहेकाे छ । 

अफगानिस्तानविरुद्धको खेलमा ह्याम्स्ट्रिङको चोट झेलिरहेका भुवनेश्वर कुमारको स्थान मोहम्मद सामीले लिने सम्भावना छ । विजय शंकरको फिटनेसमा पनि शंका छ । उनी बुधबारको प्रशिक्षणमा जसप्रित बुमराहको बल खुट्टामा लागेपछि दुखाइ खेपिरहेका छन् । 

अफगानिस्तानले यसअघि व्यहोरेका सबै खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोर देखिएको छ । इंग्ल्याण्डविरुद्धको पछिल्लो खेलमा उसले ३ सय ९८ रनको लक्ष्य पछ्याउनुपरेको थियो । जुन विश्वकप इतिहासमै  सर्वाधिक योगफल हो । 

त्यस खेलमा अफगानिस्तानले पूरै ५० ओभर ब्याटिङ गरे पनि १५० रनको पराजय व्यहोरेको थियो ।

 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया