सचिन तेन्दुलकरकाे रेकर्ड ताेड्दै विराट काेहली !

 असार ७, २०७६ शनिबार ९:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले लिजेण्ड खेलाडी सचिन तेन्दुलकरले बनाएका साना-साना रेकर्डहरु तोड्दै गएका छन् ।

विश्वकपमा पाकिस्तानविरुद्ध खेल्दै विराटले ११ हजार रनको सचिनको रेकर्ड तोड्न सफल भए । सचिनले २७६ पारीमा बनाएको रेकर्ड विराटले जम्मा २२२ पारीमा तोडेका थिए ।

यसैगरी शनिबार अफगानिस्तानविरुद्ध खेल्दा विराटको नजर अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पूरा गर्ने हुने छ । अहिले उनी यो रेकर्ड बनाउन १०४ रनले पछि रहेका छन् । यदि अफगानिस्तानविरुद्ध शतकीय पारी खेलेमा विराटले सचिनको अर्को रेकर्ड पनि तोड्ने छन् । २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने खेलाडीको रुपमा विराट १२ औं नम्बरमा आउने छन् ।

कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार २० रन टेस्टमा ६ हजार ६ सय १३ र टी–२० मा २ हजार २ सय ६३ रन बनाइसकेका छन् ।

थोरै इनिङ्समा २० हजार रन पूरा गर्ने रेकर्ड सचिनको मात्रै नभएर ब्रायन लाराको पनि छ । यी दुवैले ४५३ इनिङ्समा पूरा गरेका थिए । कोहलीले भने अहिलेसम्म ४१५ इनिङ्समात्रै खेलेका छन् । टेस्टमा १३१, एक दिवसीयमा २२२ र टी २० मा ६२ इनिङ्समा ब्याटिङ गरेका छन् ।

२० हजार रन बनाउने खेलाडीको सूचीमा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ पनि पर्छन् । उनले ४६८ इनिङ्समा यो काम गरेका थिए ।

भारतीय कप्तान कोहलीले अफगानिस्तानविरुद्ध १०४ रन बनाएमा सचिन तेन्दुलरकले बनाएको ३४ हजार ३५७ र राहुल द्रविडले बनाएको २४ हजार २०८ पछि २० हजार अन्तर्राष्ट्रिय रन बनाउने तेस्रो भारतीय खेलाडी बन्ने निश्चित छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया