सचिन र लाराकाे रेकर्ड ताेड्न काेहलीले अर्काे इनिङ कुर्नुपर्ने

 असार ७, २०७६ शनिबार १९:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले २० हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने विश्वको १२ औंँ खेलाडी बन्न अझै अर्को इनिङ कुर्नुपर्ने भएको छ ।

कीर्तिमानबाट १०४ रन टाढा रहेका काेहलीले शनिबारको खेलमा ६७ रन मात्र बनाउन सके । उनले २० हजार रन पूरा गरेको भए कम इनिङ (४१६) मा २० हजार रन बनाउने पहिलो खेलाडी बन्ने थिए ।

अहिले यो रेकर्ड भारतका सचिन तेन्दुलकर र वेस्टइण्डिजका ब्रायन लाराको नाममा रहेको छ । यी दुवैले टेस्ट, एकदिवसीय र टी-२० गरी कुल ४५३ इनिङ्समा २० हजार रन पूरा गरेका थिए ।

अफगानिस्तानविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विराटले ६३ बलमा ६७ रन बनाए । उनले पाँच चौका प्रहार गरेका थिए । विराटलाई मोहम्मद नाबीले आउट गराएका हुन् ।

एक दिवसीयको २२३ औंँ पारिमा ६७ रन थप्दै उनले १९ हजार ९ सय ६३ अन्तर्राष्ट्रिय रन बनाएका छन् । अब उनले वेस्टइण्डिजविरुद्ध ३७ रन जोड्न सके २० हजार रन बनाउने विश्वको १२ औंँ र भारतको तेस्रो खेलाडी बन्नेछन् । भारतका लागि सचिन शीर्ष स्थानमा छन् भने राहुल द्रविड दोस्रो स्थानमा छन् ।

कोहलीले अहिलेसम्म एक दिवसीयमा ११ हजार २० रन टेस्टमा ६ हजार ६ सय १३ र टी-२० मा २ हजार ३ सय ३० रन बनाइसकेका छन् ।

उनले अहिलेसम्म टेस्ट, एक दिवसीय र टी २० गरी ४१६ इनिङमात्रै खेलेका छन् । टेस्टमा १३१, एक दिवसीयमा २२३ र टी २० मा ६२ इनिङमा ब्याटिङ गरेका छन् ।

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया