विश्वकप क्रिकेट: पाकिस्तानले दिएकाे ३०९ रनकाे लक्ष्य भेट्टाउला त दक्षिण अफ्रिकाले ?

 असार ८, २०७६ आइतबार १९:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपमा पाकिस्तानले दक्षिण अफ्रिकालाई तीन सय नौ रनको लक्ष्य दिएको छ ।

लर्ड्समा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ८ रन बनायो । बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो । उसका ओपनर फखर जमान ४४ रनमा आउट भए ।

त्यसपछि इमाम उल हम पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए । चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेल विच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितिमा पुगेको थियो । बाबर ६९ रनमा आउट हुन पुगे ।

त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजित ८९ रन बनाए । बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया