क्रिस गेलले विश्वकपपछि सन्यास नलिने !

 असार १३, २०७६ शुक्रबार ११:१७:४३ | एजेन्सी
unn.prixa.net

वेस्ट इण्डिजका हार्ड हिटर क्रिस गेलले विश्वकप पछि सन्यास नलिने भएका छन् । उनले भारतविरुद्ध अगष्ट सेप्टेम्बरमा हुने सिरिजपछि मात्रै सन्यास लिने घोषणा गरेका हुन् ।

जारी विश्वकपमा सर्वाधिक उमेरका खेलाडीहरुमध्ये एक रहेका गेलले लिग चरणको अन्तिम खेलमा सन्यासको घोषणा गर्ने अनुमान गरिएको थियो । यसबारे गेलले भने ‘करियर अन्त्य गर्ने समय आएको छैन्, अझै केही सिरिज खेल्न चाँहन्छु ।’

उनले भारतविरुद्धको टेस्ट र एक दिवसीय खेल्ने बताउँदै टी–२० भने नखेल्ने बताए । जारी विश्वकपमा वेस्टइण्डिज समूह चरणबाटै बाहिरिने निश्चित भएकाले पनि उनले फैसला बदलेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले आंकलन गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया