बाढीले बगायो पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलाको डाइभर्सन

 असार २३, २०७६ सोमबार ११:३:३३ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा महानगरको विजयपुर खोलामा बनाइएको डाइभर्सन पुल बाढीले बगाएपछि समस्या भएको छ ।

विजयपुर खोलाको पक्की पुल जोखिममा परेपछि १० टन भन्दा बढीका सवारीसाधन आवत–जावत गर्न बनाइएको डाइभर्सन आइतबार राति आएको बाढीले बगाएको हो । बाढीले डाइभर्सन पुलमा प्रयोग गरिएको ह्युम पाइप बगाएर केही तल सम्म पुर्‍याएको छ ।

डाइभर्सन बगाएपछि १० टनभन्दा बढी भार भएका गाडीको आवागमन नै बन्द भएको छ । बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत समेत बगाएको छ । जसका कारण पुलबाट सवारी आवागमन प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया