बढी रकम असुल्न खोज्ने शिवाकोटी म्यानपावरमा छापा

 साउन २४, २०७६ शुक्रबार १९:२५:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले सामाखुशीमा रहेको शिवाकोटी म्यानपावरमा छापा मारेको छ ।

यूएई पठाउनका लागि बढी रकम लिएको भन्ने गुनासो आएपछि कामदारसँगै म्यानपावरमा पुग्दा बढी रकम लिइरहेको पाइएको विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले जनाकारी दिनुभयो । म्यानपावरका कर्मचारीले यूएई पठाउने भन्दै कामदारसँग १० हजार रुपैयाँ लिँदै गरेको भेटिएको विभागले जनाएको छ ।

आज शुक्रबार भएकाले थप छानबिन आइतबार गर्ने र म्यानपावर सञ्चालकलाई पनि आइतबार नै विभागमा उपस्थित हुन भनिएको सूचना अधिकारी गुरागाईँले जानकारी दिनुभयोे ।

विभागले ‘अनुगमन टोली परिचालन कार्यविधी, २०७६’ बनाएर म्यानपावरको अनुगमन तीव्र पारेको छ । विभिन्न म्यानपावरले शनिबार या बिदाको दिन पारेर कामदारसँग अत्यधिक पैसा असुल्ने, गैरकानुनी अन्तर्वार्ता लिने जस्ता कार्य गर्न थालेको गुनासो आएपछि विभागले पछिल्लो समय आकश्मिक अनुगमन गर्दै आएको छ।

साउन महिनामा मात्रै शिवाकोटी म्यानपावरसहति ८ वटा म्यानपावरमा आकश्मिक अनुगमन गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया