७ किलो चाँदीसहित धनुषाबाट २ जना पक्राउ

 असोज १२, २०७६ आइतबार ७:२४:१९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा ७ किलो अवैध चाँदीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार साँझ ६ बजे धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यसअघि शुक्रबार बिहान मोटरसाइकलको ट्यांकीमा लुकाइ भारततर्फ लैजाँदै गरेको १८ किलो चाँदीसहित जनकपुरधामको बसविट्टीबाट महोत्तरीको पीपरा गाउँपालिका–५ सहरबा बस्ने  ३० वर्षका भरतकुमार साह पक्राउ परेका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया