काराबाओ कप: म्यान्चेष्टर सिटी, लेस्टर सिटी र एभर्टन क्वार्टर फाइनलमा

 कात्तिक १३, २०७६ बुधबार १०:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यान्चेष्टर सिटी, लेस्टर सिटी र एभर्टन कारबाओ कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्  ।

मंगलबार राति भएको खेलमा साउथह्याम्टनलाई ३–१ ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम आठमा पुगेको हो । सिटीको जीतमा सर्जियो अगुएरोले दुई र निकोलास ओटामेन्डीले गोल गरे । साउथह्याम्टनका ज्याक स्टेफेन्सले एक गोल गरे पनि हार टार्न सकेनन् ।

यस्तै लेस्टर सिटीले बुर्टन अल्बियोनलाई ३–१ ले हरायो । लेस्टरको जितमा केलिची इयान्चो, योइरी टेलिम्यान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

यसैगरी वाट्फोर्डलाई २–० ले हराउँदै एभर्टन पनि क्वार्टर फाइनलमा पुगेको छ । गुडिसन पार्कमा भएको खेलमा एभर्टनका लागि म्यासन होल्गेटले ७२ औं मिनेटमा र रिचार्डलिसनले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया