विद्यालयमा विद्यार्थीले बनाएको मैनबत्ती बेचेर ७० हजार आम्दानी

 कात्तिक २१, २०७६ बिहिबार १३:१८:२७ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको एक सामुदायिक विद्यालयले ७० हजार रुपैयाँ बराबरको मैनबत्ती बिक्री गरेको छ ।

पाटन नगरपालिका– ९ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बेचेर विद्यालयले ७० हजार आम्दानी गरेको हो ।

विद्यालयमा कक्षा ६ देखि ८ सम्म पठन–पाठन हुने पेसा व्यवसाय र प्रविधि शिक्षा विषयको पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका हुन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुकासाथै विद्यालयको आयश्रोतसमेत बढाउनका लागि मैनबत्ती उत्पादन गर्ने काम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो ।

विद्यार्थीहरुले उत्पादन गरेका मैनबत्ती स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायतका बजारमा बिक्री गर्ने गरेको अध्यक्ष भाटले बताउनुभयो । विद्यालयले उत्पादन गरेको मैनबत्ती प्रति प्याकेट १५ रुपैयाँदेखि ७० रुपैँयासम्म पर्ने गरेको छ । विद्यालयले गएको वर्ष पनि ५२ हजार रुपैयाँको मैनबत्ती उत्पादन गरी बिक्री गरेको थियो ।

मैनबत्ती बिक्रीबाट संकलन गरिएको रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक गुणस्तर, अनुसाशन तथा आन्तरिक र बाह्य क्रियाकलापमा जोड दिँदै नमूना विद्यालयको परिचय बनाउने उद्देश्य विद्यालयको रहेको छ ।

विद्यालयले गरेको यो कामबाट अन्य विद्यालयलाई समेत सिर्जनात्मक कार्यमा प्रेरणा मिलेको पाटन नगरपालिका–९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो । वडा कार्यालयले सिर्जनात्मक कार्यको लागि आउँदो वर्षदेखि विद्यालयको लागि बजेट छुट्याउने उहाँले बताउनुभयो ।

वि.स. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले तीन सय भन्दा धेरै बालबालिका अध्ययनरत छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया