आगलागीमा परि अर्घाखाँचीमा ४ वर्षीया बालिकाकाे ज्यान गयाे
बैशाख १७, २०८१ सोमबार
काभ्रे - नमोबुद्ध-८, डराउनेपोखरी तल्लो हटियामा भएको दम्पती हत्याका २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
प्रहरीले गएकाे कात्तिक १८ गते राति श्यामकृष्ण श्रेष्ठ र उहाँकी श्रीमती रुकुमाया श्रेष्ठको हत्या आरोपमा उदयपुर चौदण्डीगडी नगरपालिका-१० का सुमन राई र किरणकुमार मगरलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राईलाई काठमाण्डौ महानगरपालिका-७, सरस्वतीनगरबाट र मगरलाई ललितपुर महानगरपालिका-२५, भैंसेपाटीबाट पक्राउ गरेकाे जिल्ला प्रहरी प्रमुख रवि पौडेलले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै श्यामकृष्णकै घर बनाउने मजदूर रहेको समेत खुलेको छ । तिहारमा मात्र श्यामकृष्णको घर निर्माण सम्पन्न भएको थियो । घर निर्माण सम्पन्न भएपछि काठमाण्डौ बस्दै आएका अभियुक्त मजदूरहरु कात्तिक १८ गते पुुराना सिक्का चोर्न श्यामकृष्णको घर पुगेका थिए ।
अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार धनमाल चोर्न पुगेका उनीहरु श्यामकृष्णको झ्यालबाट घरभित्र छिरेका थिए ।
प्रहरीका अनुसार उनीहरुले लुटेको १ सय १२ थान सिक्का तथा रुकुमायाले लगाएको मुन्द्रा बरामद भएको छ । पुरानो सिक्का भएको भन्ने लोभमा लुट्न पुगेका उनीहरुले लुटेकामध्ये जम्मा २ वटा मात्र पुरानो खालको देखिने सिक्का भएको प्रहरीको भनाइ छ ।
यसरी भएकाे थियाे हत्या
प्रहरीका अनुसार अभियुक्त दुवै जना घरको माथिल्लो झ्यालबाट प्रवेश गरेका थिए । चिनजानकै व्यक्तिहरु झ्यालवाट प्रवेश गरेपछि किन आएको के हो भनेर श्यामकृष्णले उनीहरुलाई सोध्नुभयाे । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा अभियुक्तहरुले श्यामकृणलाई उदयपुरबाट आएको बास बस्ने ठाउँ पनि भएन भनेर भनेपछि श्यामकृष्णले तल्लो तलामा बास बस्न दिनुभयाे ।
पहिला घर बनाउँदाका मजदूर किन आए भन्ने शंकामा रहेका दम्पति निदाउन सकेनन् । अभियुक्तहरुले आफूहरुलाई जाडो भएकोले बियर र चाउचाउ खुवाउन दम्पतिलाई भने । अभियुक्तहरु दुवैले तल्लो तलामा बियर खाएर बसे । चोर्न पुगेका उनीहरु दम्पती नसुतेपछि छटपटीमा परे । मध्यरात हुँदासम्म घरधनी नसुतेको देखेपछि तल्लो तलामा रहेका उनीहरुले माथिल्लो तलामा रहेका श्यामकृष्णलाई फेरि बियर खानुपर्यो भनेर बोलाए ।
श्यामकृष्ण तल्लो तलामा झर्नेबित्तिकै उनीहरुले श्यामकृष्णलाई खुर्पा प्रहार गरे । तल्लो तलामा हल्लिखल्ली भएपछि रुकुमाया पनि तल्लो तलामा झर्नुभयाे । झर्नेबित्तिकै अभियुक्तमध्ये मगरले बियरको बोतलले टाउकोमा प्रहार गरे र दुवैकाे घटनास्थलमै ज्यान गयाे ।
त्यसपछि उनीहरुले सिक्का चोरेर नजिकैको प्रेमलाल श्रेष्ठको गोठमा राखेर काठमाण्डौ आए । प्रहरीले अनुसन्धानको क्रममा दुवैजनालाई पक्राउ गरेपछिको बयानका आधारमा उनीहरुले लुकाइराखेको सिक्कासमेत बरामद गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।