गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौकाे अनुमति

 माघ ५, २०७६ आइतबार १४:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गायिका आस्था राउतलाई कारबाहीको अनुमति दिएको छ । राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको हो । 

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हाे ।

गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिनुभएको थियाे । 

उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको थियाे । श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिनुभएको हो । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

अदालतले अनुमति दिएसँगै राउतलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • chiranjibi ghimire

    Jan. 19, 2020, 3:41 p.m.

    आास्था कलाकार हुन जो कला मनपराउनेहरूलाई मात्र, तर प्रहरी सिगो नेपालीहरूको हो मन लागोस नलागोस । डिउटीमा अहोरात्र खटिने प्रहरीलाई कहिले सोध्नुभएको छ, विचार गरनुभएको छ प्रहरी सदै दाया बाया तल माथी जहातही तनावमा हुन्छ भनेर । उसको जागिर नै तनावपुर्ण जागिर हो । तनावमा रहने प्रहरीको रूखो बोली, अस्वाभाविक व्यवहर हुन्छ नै । यो बर्दी विनाका हामी प्रहरीले सहजरूपमा लिईदिनुपर्छ । कानुनको परीपालना गराउने बर्दीधारी प्रहरीलाई साथी मानेर सहयोग गर्ने दायित्व हामी बर्दीबिनाका प्रहरीको हो ।अन्तिममा तिनै आस्थाको कार्यक्रममा सुरक्षा दिने त्यही प्रहरी होईन र ? उनले सबै र सिगो प्रहीरीलाई गाली गरेकी छिन विभिन्न मिडिया र online मार्फत । त र अस्वभाविक शब्द र अस्वाभिक व्यवहार विश्व प्रहरी संगठनमा सामान्य हो । तसर्थ यो सिगो प्रहरी संगठन प्रति नै उनि हदैसम्म तल गिरेर प्रहरीमाथि खनिएकी छिन । अत यसमा कसको कमजोरी छ त्यसलाई न्यायिक तवरबाट कस्टडीमा ल्याउन जरूरी भईसक्यो ।

  •  1 Reply

तपाईको प्रतिक्रिया