भोजपुरमा बन्द रहेको प्रसूति सेवा फेरि सञ्चालनमा

 फागुन १६, २०७६ शुक्रबार १४:४९:४० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - लामो समयदेखि बन्द रहेको जिल्ला अस्पतालको प्रसूति सेवा फेरि सञ्चालनमा आएको छ ।

प्रसूतिका लागि विषेशज्ञ डाक्टर नहुँदा गएकाे साउन अन्तिम सातादेखि बन्द रहेको सेवा एमडीजीपी डाक्टर अमितेसराज पाण्डे आएपछि शुक्रबारदेखि सञ्चालनमा आएको हो । डाक्टर पाण्डेसहित जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठ लगायत अन्य स्वस्थ्यकर्मीको टोलीले एक महिलाको सफल शल्यक्रियासमेत गरेर प्रसूति समेत गराएका छन् ।

अस्पतालमा सामान्य प्रसूति सेवा सञ्चालनमा आए पनि शल्यक्रियाबाट गरिने प्रसूति सेवाका लागि धरान, विराटनगर तथा काठमाण्डौका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालमा मासिक ६ देखि ७ जनासम्म महिलाको शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने अवस्था रहने गरेको जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठले बताउनुभयो ।

डाक्टर श्रेष्ठले भन्नुभयो, ‘सात महिनासम्म बन्द रहेको प्रसूति सेवा सञ्चालनमा ल्याउन पाउँदा धेरै खुसी लागेको छ, अब हाम्रा दिदीबहिनीहरुले आफ्नै जिल्लामा राम्रो सेवा पाउने अवस्था बनेको छ, सेवा सञ्चालनमा ल्याउन पहल गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया