लकडाउनको दोस्रो दिन : ८६ जना पक्राउ

 चैत १२, २०७६ बुधबार १४:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बुधबार लकडाउनको अटेर गर्ने ८६ जना पक्राउ परेका छन् ।

मंगलबार लकडाउनको अटेर गर्ने ६८ जना पक्राउ परेका थिए । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गरे पनि केहीले अटेरी गरेका छन् । मंगलबार विहान ६ बजे देखि नेपालमा लक डाउन छ । सरकारले आफू र आफ्नो परिवारका लागि भए पनि लक डाउनको पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ । तर केही मानिस भने यो आग्रहको अटेरी गर्दै सडकबाट अनावश्यक हिडँडुल गर्दै छन् ।

यसैबीच काठमाडौमा ७०८ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लक डाउनको अटेरी गर्नेमा धेरैजसो मोटरसाइकल चालक छन् । ६१८ वटा मोटारसाइकल र ९० वटा चार पांग्रे गाडीलाई नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया