प्रदेश १ मा ५४ जनाको नमुना सङ्कलन, ४२ जनाको रिपोर्ट 'नेगेटिभ'

 चैत १९, २०७६ बुधबार २०:२७:५६ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी - प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का शङ्कास्पद ५४ जनाको नमुना सङ्कलन गरिएको छ ।

प्रदेशका विभिन्न अस्पतालबाट अहिलेसम्म ५४ जनाको नमुना सङ्कलन भएको हो । नमुना सङ्कलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो । 

उहाँका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, सङ्खुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २ जनाको को नमुना सङ्कलन गरिएको छ ।

यस्तै उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमुना सङ्कलन भएको छ ।

प्रदेश न १ बाट आजै ८ जनाको नमुना सङ्कलन गरिएको छ । मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमुना सङ्कलन गरिएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण सुरु भएपछि रिपोर्ट आउन छिटो भएको उहाँले बताउनुभयो ।

डा. मेहताका अनुसार प्रदेशभरिमा अहिलेसम्म कोरोना भाइरसका शङ्कास्पद १ सय १९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५/५ जना रहेका छन् । अहिलेसम्म आइसोलेसनमा ३ पुरुषसहित ९ जना बिरामी भर्ना भएका छन् ।

ओखलढुङ्गा, उदयपुर र पाँचथर २/२ जना महिला र सोलुखुम्बु, पाँचथर र ताप्लेजुङबाट १/१ जना पुरुष आइसोलेसनमा भर्ना भएका हुन् । प्रदेश १ का ४३ अस्पतालले ३ सय ८५ आइसोलेसन बेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताउनुभयो । 

उहाँका अनुसार प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना बिरामी आएको डा. मेहताले बताउनुभयो । 

बुधबार  प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, पालिका, सुरक्षा निकाय तथा अस्पतालहरुलाई ५ सय ७ थान व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया