मध्यपूर्व तथा खाडी देशका नेपाली राजदूतहरुको एक महिनाको तलब राहत कोषमा

 चैत २९, २०७६ शनिबार २०:१:१८ | उमाकान्त पाण्डे

यूएई - मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राजदूतहरुले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, यूएई र साउदी अरबमा खटिएका ९ राजदूतहरुले शनिबार आफूहरुको एक महिना बापतको तलब योगदान गर्ने संयुक्त निर्णय गरेका यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, इजिप्टका लागि झविन्द्रप्रशाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कतारका लागि नारदनाथ भारद्वज, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, र पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, यूएईका लागि कृष्ण प्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Bikash Bhattarai

    April 11, 2020, 8:26 p.m.

    हामी युएईको शारजहामा ३० जना एक महिनादेखि अलपत्र परेर बसिरहेको छौं / हाम्रो नेपाल फर्कने व्यवस्था नेपाल दुतावासले गर्छ कि कसले गर्ने हो कि हामी यतै मर्नु पर्ने हो ?? पोष्ट गरेर केहि हुन्छ भने गरिदिनुहोला, हामी उद्दारको पर्खाइमा बसेका छौं हजुर / we need back to Nepal .

  •  0 Reply

तपाईको प्रतिक्रिया