‘र्यापिड टेष्ट किटको नतिजा भरपर्दो हुन्न, निश्चित गर्न पीसीआर गर्नै पर्छ’

 बैशाख १, २०७७ सोमबार २०:१७:२६ | दीपा तिमल्सिना
unn.prixa.net

सरकारले कोरोना भाइरसको महामारीलाई रोकथाम र नियन्त्रण गर्न भन्दै हरेक प्रदेशमा र्यापिड टेस्ट किटमार्फत स्वास्थ्य परीक्षण थालेको छ ।

हरेक प्रदेशमा भएका क्वरेन्टीनमा र्यापिड किटमार्फत कोरोना भाइरसको सङ्क्रमण भए/नभएको बारे परीक्षण हुन थालेको छ । तर र्यापिड टेष्ट किटमार्फत हुने परीक्षणको नतिजालाई नै अन्तिम भने मान्न नसकिने स्वास्थ्य मन्त्रालयले नै जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार र्यापिड टेष्ट किटमार्फत भएको परीक्षणको नतिजालाई नै अन्तिम मान्न सकिदैन । कोरोना भाइरसको सङ्क्रमण भए/नभएको बारे पीसीआर विधिमार्फत गरिने परीक्षण नै निर्णायक हुनेछ । 

डाक्टर देवकोटा भन्नुहुन्छ, ‘र्यापिड टेष्ट किटमार्फत समुदायमा कोरोना फैलने आशंका कति छ भनेर अनुमान गर्न सकिन्छ । कतिपय अवस्थामा र्यापिड टेष्ट किटमा नेगेटिभ देखिए पीसीआर विधिमा पोजेटिभ देखिन अनि र्यापिड टेष्टमा पोजेटिभ देखिए पीसीआरमा नेगेटिभ देखिने सम्भावना पनि रहन्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाका अनुसार पनि र्यापिड टेष्ट किटले शरीरमा भाइरस प्रवेश गरेपछि रोग प्रतिरोधात्मक क्षमता र अवस्थाको बारे जानकारी दिन्छ । र्यापिड टेष्ट किटमार्फत आएको नतिजालाई निश्चित गर्न पीसीआर विधिमार्फत अनिवार्य परीक्षण गर्नुपर्छ । 

सोमबार मात्रै कैलालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकी एक महिलालाई र्यापिड टेष्ट किटमार्फतको परीक्षणमा नतिजा नेगेटिभ देखाएको थियो । तर पछि पीसीआर विधिमार्फत परीक्षण गर्दा उनलाई कोरोना भएको पुष्टि भएको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया