चीनबाट औषधी ल्याउन ढुवानीकर्ताको टुंगो लाग्दै, भारतलाई दूतावासमार्फत भुक्तानी गरिने

 बैशाख १४, २०७७ आइतबार १७:८:२५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - चीनबाट औषधी तथा उपकरण ल्याउनको लागि ढुवानीकर्ता छान्ने प्रक्रिया सुरु भएको छ ।

नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधी र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरिसकेको छ ।

सम्झौता अनुसारका अत्यावश्यक औषधी एक हप्ताभित्र उपलब्ध गराउने बताएको चीनले औषधी लभगभ जुटाइसकेको छ । ढुवानीको लागि भने बल्ल ढुवानीकर्ताको छनौट हुन लागेको हो ।

ढुवानीको लागि  शुक्रबारसम्म प्रस्ताव हाल्न मिल्ने गरी नेपाली सेनाले टेन्डर आव्हान गरेको थियो । ११ वटा फर्मले प्रस्ताव हालेकोमा शनिवार सेनाले प्रारम्भिक मुल्यांकन गरेर रक्षा मन्त्रालयमा पठाएको छ ।

रक्षा मन्त्रालयले फर्मको टुंगो लगाउने र रकम भुक्तानीको लागि अर्थ मन्त्रालयलाई चिठी पठाउने छ । अर्थले पैसा दिएपछि मात्रै औषधी ढुवानी हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । 

‘सम्भवत आइतबार रक्षाले अर्थलाई पत्र पठाउने छ, अर्थले ढुवानीको रकम निकासा गरेपछि औषधी आउने हो ।’ पाण्डेले उज्यालो अनलाइनसँग भन्नुभयो । 
पहिले औषधी खरिद गर्दा विवादित कम्पनी परेको र सम्झौता नै रद्द गर्नुपरेकाले यसपटक ढुवानीकर्ताको समेत कानुनी र आर्थिक पक्षको बलियो गरि जाँच भैरहेको पनि उहाँले जानकारी दिनुभयो । 

अत्यावश्यक औषधी जहाजमा, अरु गाडीमा

नेपालले चीनसँग ३ सय ४२ टन औषधी किन्ने सम्झौता गरेको छ । केहि अत्यावश्यक औषधी र उपकरण तथा केहि कोरोना संक्रमण बढ्दै जाँदा चाहिने छन् । सेनाले अत्यावश्यक औषधी जहाजमार्फत आउने र अरु स्थलमार्ग हुँदै आउने जानकारी दिएको छ । 

‘दुई देखि तिन जहाज औषधी अत्यावश्यक छ, त्यसैले सम्भवत तीन जहाज औषधी बाहेक अरु स्थलमार्गबाटै आउनेछन्, स्थलमार्गबाट आउने औषधी आउन अलि लामो समय लाग्नेछ ।’ सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो । 

भारतको लागि भुक्तानी दुतावासमार्फत नै 

भारतसँग १ करोड ५० लाख भारु अर्थात २ करोड ४० लाख रुपैयाँमा ५३ प्रकारका औषधी किन्न लागेको सेनाले पैसा सिधै दुतावासमार्फत भुक्तानी गर्ने भएको छ । नयाँ दिल्लीमा रहेको नेपाली दुतावासमार्फत पैसा दिने सहमती भएको सेनाले जनाएको छ ।

भारतको सरकारी औषधी कम्पनी ब्युरो अफ फर्मास्युटिकल्स इन्डिया ९बीपीपीआइ० सँग सेनाले औषधी खरिदको सम्झौता गरेको छ । ‘उनिहरुले पहिले औषधी जम्मा गरेर दुतावासमै पु¥याइदिनेछन्, अनि दुतावासमार्फन नै पैसा भुक्तानी हुनेछ, चीनको तुलनामा भारतसँगको प्रक्रिया केहि छोटो र सहज छ’, सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया