मुख्यमन्त्रीको टेलिफोन कुराकानी बाहिरिएकोमा सचिवालयकाे अापत्ति

 साउन १६, २०७५ बुधबार १९:१५:२६ | निर्मला खडायत

कैलाली – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र उद्योग वाणिज्य संघका अध्यक्षसँग मंगलबार बिहान गरिएको टेलिफोन कुराकानीलाई विद्युतीय ऐन विपरीत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको घटनाप्रति मुख्यमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको छ ।

मुख्यमन्त्रीसँग टेलिफोनमा गरिएको कुराकानी गैरकानूनी तवरबाट रेकर्ड गरी विद्युतीय ऐन विपरित गोपनियताको ख्याल नगरी मानमर्दन गरेको प्रति मुख्यमन्त्रीको सचिवालयकोे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिहं ओलीले टेलिफोनमा गरिएको संवादलाई राजनैतिक पूर्वाग्रही तवरले सामाजिक सञ्जालमार्फत जनतामा भ्रम फैलाउन सामाजिक सञ्जालमा राखिनु गैरकानुनी भएको भन्दै ध्यानाकर्षण भएको बताइएको छ ।

साउन १५ गते बिहान १० बजे डोटी उधोग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले टेलिफोनमा गरेको संवादलाई मुख्यमन्त्रीको पदीय गरिमा र मर्यादालाई ख्याल नगरी राजनीतिक पूर्वाग्रहले व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

गोपनियता र सूचनाको हक सम्बन्धि ऐन २०६४ र विद्युतीय (इलेक्ट्रोनिक कारोबार) ऐन २०६३ लाई पनि ख्याल नगरी जनतामा भ्रम पार्न गरिएको प्रचारप्रति गम्भीर ध्यानार्कषण भएको बताइएको छ ।

प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको र प्रदेशसभावाट संसदीय सुझाव समिति गठन भई क्रियाशील रहेका बेला प्रदेश सरकार र मुख्यमन्त्रीलाई लक्षित गरी भएको टेलिफोन संवादलाई तोडमोड गर्दै अमर्यादित तवरले सामाजिक सञ्जालमा पोष्ट गरिनुले डोटीको दिपायलमा राजधानी बनाउने उद्देश्य भन्दा पनि राजनीतिक पूर्वाग्रहवाट ग्रसित भएको उल्लेख छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Om prakash panday

    Aug. 2, 2018, 5:28 a.m.

    Good news

  •  0 Reply

तपाईको प्रतिक्रिया