भोजपुरमा विप्लव समूहका एक कार्यकर्ता पक्राउ

 असार २, २०७७ मंगलबार २०:५२:३३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – भाेजपुरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे औलियाका २१ वर्षीय विकाश राई (किराती) लाई प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारी भोजपुरका जिल्ला अध्यक्ष एवं जिल्ला समिति सदस्यसमेत रहेका राईलाई गएको आइतबार च्याङ्ग्रेको साङपाङ डाँडामा सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी भोजपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २० दिनको म्याद थप गरी राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया