बाँकेमा चिकित्सकसहित ९ जनामा कोरोना सङ्क्रमण

 साउन १८, २०७७ आइतबार २०:३:२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेमा आइतबार चिकित्सकसहित नाै जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा कोरोना देखिएको हो । अस्पतालबाट सङ्कलित स्वाब परीक्षणमा चिकित्सकसहित तीन जनामा सङ्क्रमण देखिएको छ ।

यसैगरी जिल्ला अस्पताल बाँकेबाट सङ्कलन गरिएको स्वाब परीक्षणमा पाँच जनामा कोरोना देखिएको छ । भेरी अस्पतालका अनुसार खजुराका एक जनामा समेत कोरोना देखिएको छ ।

यसअघि बाँकेकाे अदालतमा एक जना कर्मचारीमा कोरोना देखिएको थियो । 

बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि आइतबारदेखि तीन दिने निषेधाज्ञा जारी गरिएको छ । जिल्लाभित्र कोरोना सङ्क्रमण देखिएको क्षेत्रमा सिल गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया