कोरोनाका कारण भारतका विभिन्न राज्यमा कर्फ्यु

 पुस ९, २०७७ बिहिबार ६:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको महामारी थप फैलिन नदिन भारतका विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ ।

दक्षिण पश्चिमी राज्य कर्नाटकमा रातको समयमा लागू हुने गरी कर्फ्यु लगाइएको छ । कर्नाटकमा आउँदो पुस १८ गतेसम्म लागू हुनेगरी हिजोदेखि नै कर्फ्यु सुरु भएको हो ।

कर्नाटकका स्वास्थ्यमन्त्री डाक्टर के सुधाकरले रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न आह्वान गर्नुभएको छ । यसअघि महाराष्ट्र राज्यले पनि कर्फ्यु लगाएको छ । महाराष्ट्रमा लगाएको कर्फ्यु आउँदो २१ गतेसम्म लागू हुनेछ ।

नयाँ वर्ष सन् २०२१ र क्रिसमसका बेला भीडभाड र चलहलपहल बढ्ने भएकाले कोरोना महामारी थप फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड एक लाख नाघेको छ ।

सङ्क्रमितमध्ये ९६ लाख ९२ हजार निको भएका छन् । भारतमा अहिलेसम्म एक लाख ४६ हजारभन्दा धेरैको सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया