त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी, चार वटा एअरलाइन्सको विरोध

 माघ १८, २०७७ आइतबार १७:१९:५५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय १८ घण्टामा झार्ने तयारी भएको छ । विमान र यात्रुको सङ्ख्या कम भए पनि अहिले २१ घण्टा सञ्चालनमा रहेको विमास्थल अब १८ घण्टा मात्रै सञ्चालनको तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

यस विषयमा केही दिनभित्रै निर्णय हुने क्षेत्रीको भनाइ छ । कोरोना महामारीका कारण विमानस्थलको आम्दानी घटेको र २१ घण्टा सञ्चालन गर्दा खर्च धेरै बढ्ने भएकाले सञ्चालनको समय १८ घण्टामा झार्न लागिएको उहाँले बताउनुभयो ।

अहिले बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको छ । अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरि चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । तर यी एअरलाइन्सको नियमित उडान नभएकाले रातभरि विमानस्थल सञ्चालन गर्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएकाे छ ।

विमानस्थल जम्मा १८ घण्टा सञ्चालन गर्ने निर्णयको चार वटा एअरलाइन्सले विरोध गर्दै आएका छन् । आफूहरूको तालिका नमिल्ने र पटक–पटक परिवर्तन गर्न सम्भव नभएको भन्दै उनीहरूले १२ बजेपछि पनि उडान हुनुपर्ने माग गर्दै आएकाे उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया