नेपालगञ्जका विद्यालय एक हप्ता बन्द गर्ने निर्णय, मास्क नलगाइ काराेबार गर्ने पसल एक हप्ता बन्द गरिने

 बैशाख २, २०७८ बिहिबार १५:४६:४ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – नेपालगञ्ज उपमहानगरपालिकामा यही शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।

नेपालगञ्जमा काेभिड–१० सङ्क्रमण तीव्र गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसैबीच उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । 

यस्तै बैठकले भारतबाट आउनेहरूको सीमा नाकामा स्वास्थ्य तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । साथै माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय गरेकाे छ ।  

माक्स नलगाइ कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक हप्ताका लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेकाे छ । घरबाहिर माक्स नलगाइ हिँड्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया