मेडिकल टिम पठाउन केन्द्र सरकारसँग माग

 बैशाख ११, २०७८ शनिबार १५:५१:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ ।

केन्द्रकाे शनिबार बसेको  बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो भएको भन्दै मेडिकल टिम उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा माग गर्ने निर्णय गरेको हाे । बैठकले बिरामीको उच्च चापलाई मध्यनजर गर्दै भेरी अस्पताल र शिक्षण अस्पतालमा  कोभिड उपचारका लागि सङ्ख्या थप गरि दुई।दुई सय सय्या पुर्याउन अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा शनिबार बसेको बैठकले अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गर्न, शय्या थप गर्न, आईसियू तथा भेन्टिलेटर थप गर्न र जनशक्ति थप गर्नका लागि केन्द्र सरकारसँग १० करोड र प्रदेश सरकारसँग ५ करोड रुपियाँ माग गर्ने निर्णय गरेको छ ।

यस्तै सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार ब्यवस्थापनका लागि आवश्यक  परेको अवस्थामा तत्काल खर्च गर्न सक्ने गरि आठवटै स्थानीय तहको योगदानमा जिल्ला समन्वय समितिको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाले अस्पतालमा बिरामीको चाप थेग्न नसकिने गरि बढिरहेको बताउनुभयो । अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया