शिक्षण अस्पताल नेपालगञ्जले काेराेनाका थप बिरामी भर्ना नलिने

 बैशाख २२, २०७८ बुधबार १७:२:४६ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज – शिक्षण अस्पताल नेपालगञ्जले अस्पतालमा उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ ।

अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधवार (आज) विज्ञप्ति निकालेर लिक्विड अक्सिजन ट्याङ्क सकिएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको हो ।

अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अहिले उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित भर्ना गर्न नसक्ने अस्पतालका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनौडियाले जानकारी दिनुभयो ।

अस्पतालले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क यथाशक्य चाँडो उपलब्ध गराइ दिए तुरुन्त तीन सय शय्याकाे कोभिड वार्डमा बिरामी भर्ना थाल्ने जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया