क्यानडामा १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

 बैशाख २३, २०७८ बिहिबार ८:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरुद्ध फाइजर खोप लगाउन अनुमति दिएको छ ।

तीन चरणमा गरेको परीक्षणपछि क्यानडाले १२ देखि १५ वर्ष उमेर समूहका लागि फाइजर खोप लगाउन अनुमति दिएको हो  ।  त्यहाँको स्वास्थ्य विभागले यो उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित र प्रभावकारी हुने दाबी गरेको बीबीसीले जनाएको छ ।

क्यानडाले आउँदो सोमवार १२ लाखभन्दा धेरै बालबालिकालाई यो खोप दिने बताएको बीबीसीले जनाएको छ । यो उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्ध खोपको अनुमति दिने क्यानडा पहिलो देश हो । यसअघि अमेरिकाले पनि फाइजरको खोप यो १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिने तयारी गरेको जनाएको थियो । तर, निर्णय हुन भने बाँकी छ ।

 क्यानडामा एक करोड २० लाखभन्दा बढी कोरोना सङ्क्रमितमध्ये झण्डै २० प्रतिशत १९ वर्षमुनिका रहेका त्यहाँको सरकारले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया