कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, भाेलि शपथ ग्रहणकाे तयारी

 बैशाख २९, २०७८ बुधबार १७:३३:१५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मुख्यमन्त्री शाहीले बुधवार तीन नयाँ मन्त्री थप गरेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । 

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीताकुमारी नेपालीलाई नियुक्त गर्नुभएको हो ।

कर्णालीमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद महाशाखालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभेर आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनाइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बनाइएको हाे  ।

बुधवार मात्रै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले राजीनामा दिएपछि नयाँ नियुक्ति गरिएको हो । 

मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने आफैलाई राख्नुभएको छ । मुख्यमन्त्री सचिवालयले नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम बिहीवार (भोलि) बिहान ११ बजे तय भएको जानकारी दिएको छ ।  

विन्दमान विष्ट

गाेपाल शर्मा

सीता नेपाली 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया