नेपालगञ्ज उपमहानगरपालिका वडा १२ काे कार्यालयलाई बनाइयो आइसोलेशन वार्ड

 बैशाख ३०, २०७८ बिहिबार १६:१०:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आइसाेलेशन वार्ड बनाइएको छ । चार महिला र १० पुरुषलाई राख्न सकिने गरी १४ शय्याकाे अस्थायी आइसोलेशन तयार गरिएको वडाध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले बिहीवार वडा कार्यालयमा बनाइएकाे आइसाेलेशन वार्डकाे उद्घाटन गर्नुभयो । कार्यक्रममा मेयर राणाले कोभिड १९ सङ्क्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आइपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गर्नुपर्ने बताउनुभयो । वडा कार्यालयमा आइसाेलेशन बनेपछि वडावासीलाई सहज हुने उहाँकाे भनाइ छ । 

वडाअध्यक्ष सुवेदीका अनुसार भाडामा बस्ने र घरमा आइसोलेशनको सहज व्यवस्था हुन नसक्नेका लागि लक्षित गरी आइसोलेशन तयार गरिएको हो । केही दिनमा चिकित्सक र औषधिसहितको घरदैलो अभियान सञ्चालन गरिने पनि कार्यालयले जनाएको छ ।

नेपालगञ्जमा यसअघि वडा नम्बर ४ ले दुई चिकित्सकसहित १० शय्याकाे आइसोलेशन सञ्चालन गरेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया