बारामा एकै परिवारका दुई बालकको हत्या

 जेठ ४, २०७८ मंगलबार १२:१४:२३ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा एकै परिवारका दुईजना बालकको हत्या भएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना छोराको हत्या भएको हो ।

हिजो बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

दुवै जना बालक दाजुभाइको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी गराउनु भयो । 

वैदेशिक रोजगारमा रहेका गफारका दुई छोरा दुई छोरी रहेकोमा दुवै छोराको नचिनेको मानिसको समूहले हत्या गरेको हो ।
 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया