भेरी अस्पतालमा अक्सिजन ट्याङ्क जोडियो

 जेठ ४, २०७८ मंगलबार २०:९:२ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा लिक्विड अक्सिजन आइपुगेकाे छ । अस्पतालमा आइपुगेको लिक्विड अक्सिजनलाई ट्याङ्कमा भण्डारण गरिएको छ ।

अब पाँच दिनभित्र केन्द्रीय पाइपलाइनबाट बिरामीसम्म सिधै अक्सिजन पुर्‍याउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो । २० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्कबाट एक पटकमा झन्डै दुई हजार एक सय सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्रमुख डा. थापाले बताउनुभयाे । यसबाट झन्डै पाँच दिनसम्म अक्सिजन पूर्ति गर्न सकिने अस्पतालले जनाएको छ ।

अहिले अस्पतालले सिलिन्डरमार्फत बिरामीसम्म अक्सिजन पूर्ति गर्दै आएको छ । अस्पतालमा बाँकेसहित लुम्बिनी प्रदेशका अन्य जिल्ला, कर्णाली र सुदुरपश्चिम प्रदेशका झन्डै दुई सय ५० कोभिड–१९ सङ्क्रमितका बिरामी उपचाररत रहेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया