काममा फर्किन स्वास्थ्यकर्मीलाई भेरी अस्पतालको अपिल

 जेठ १४, २०७८ शुक्रबार १८:५०:४९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा रहेकाे भेरी अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतमा झैँ उच्च मनोबलका साथ आ–आफ्नाे जिम्मेवारीमा फर्किन अपिल गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा, सदस्य धनराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रवार विज्ञप्ती निकालेर कानुनी करबाहीका लागि प्रक्रिया अघि बढिसकेको हुँदा अहिलेकाे विषय परिस्थितिलाई मध्यनजर गर्दै जिम्मेवारीमा फर्किन अपिल गर्नुभएको हो ।

दोषीमाथि कारबाही प्रक्रिया अघि नबढ्ने अवस्था सिर्जना भएमा कर्मचारीको तर्फबाट चालिने सबै किसिमका आन्दोलनका कार्यक्रममा समितिको साथ रहने प्रतिबद्धता पनि विज्ञप्तिमा जनाइएकाे छ ।

अस्पतालमा उपचारका लागि आएका एक जना काेराेना सङ्क्रमित बिरामीको बिहीवार राति ज्यान गएपछि डिउटीमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । घटनामा संलग्न नेकपा एमालेका नेता मानबहादुर रावतसहित तीन जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया