वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन

 जेठ २५, २०७८ मंगलबार ८:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ। उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  

गएको वैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उहाँ बाल साहित्यमा सक्रिय हुनुहुन्थ्यो । सयौँ किताबको कभर डिजाइन गर्नु भएका उहाँले पछिल्लो समय काठमाण्डौ महानगरपालिकाबाट लागू गरेको नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीका’ १ कक्षादेखि ८ कक्षासम्मको पाठ्यपुस्तकका लागि चित्र कोर्नु भएको थियो।

चित्रकला विधामा पनि इलस्ट्रेसनमा दक्षता राख्नु हुने उहाँले  वर्ल्ड भिजन, आइयूसीएनलगायत सङ्घसंस्थामा आबद्ध  भएर पनि काम गर्नु भएको थियो।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया